तपाईं हामीलाई ब्यस्त समयमा मेसेन्जरमा आइरहने कलको रिङटोनले ध्यान भत्काइरहने तथा काममा बाधा पुर्याइ रहेको हुनसक्छ । वा अनावश्यक व्यक्तिबाट कल आइरहेको हुनसक्छ । तर, उनीहरूलाई न त ब्लक गर्न नै सकिन्छ, न त कल अस्वीकार गर्न नै सकिन्छ ।
त्यस्तो अवस्थामा, तपाईं कसरी त्यस्ता कललाई रोक्ने भन्ने सेटिङ्ग यहाँ जानकारी दिदैछु।
यो सेटिङ्ग अपनाउँदा कतिपय समयमा तपाईंले महत्त्वपूर्ण कल पनि मिस हुनसक्छ । तपाईँका लागि यो विकल्प त्यतिबेला उपयुक्त हुन्छ जतिबेला तपाईं मेसेन्जर वा ब्राउजरमा आउने कलबाट दिकदार हुनुभइरहेको छ ।
यो विकल्प अपनाएको खण्डमा तपाईंको ल्यापटपमा कल आएको नोटिफिसेन आउँदैन । वा भनौं इनकमिङ टोन बज्दैन । तर, कल कुन व्यक्तिबाट कल आएको भन्ने चाहिँ कल कटिसकेपछि थाहा पाउन सकिन्छ । यदि महत्त्वपूर्ण कल रहेछ भने पछि कल ब्याक पनि गर्न सक्नुहुन्छ ।
ल्यापटपको मेसेन्जरमा कसैको कलको नोटिफिकेसन नआउने बनाउनको लागि यो सेटिङ्ग अपनाउनुहोस् ।
- ल्यापटपको ब्राउजरमा सबैभन्दा पहिले फेसबुक खोल्नु होस् ।
- फेसबुक लगइन भएको छैन भने लगइन गर्नुहोस् ।
- त्यसपछि माथि दायाँपट्टि रहेको मेसेन्जरको आइकनमा क्लिक गर्नुहोस् ।
- त्यसपछि मेसेन्जरको बक्समा माथिपट्टि रहेको 3 Dots मा क्लिक गर्नुहोस् ।
- त्यसपछि इनकमिङ कल साउण्डलाई डिसेबल गर्नुहोस् ।
- त्यहाँ एक अर्को खण्ड देख्न सकिन्छ । जसमा कति समयका लागि नोटिफिकेसन अफ गर्ने हो भन्ने छान्न सकिन्छ ।
- तपाईंले अन्टिल आई टर्न अन (Until I turn on) को अप्सनलाई छान्नुभयो भने तपाईंले अनलाइन हुँदा कोही व्यक्तिबाट आएको कलले डिस्टर्ब गर्दैन वा तपाईं थाहा पाउनु हुन्न ।
माथि उल्लेखित प्रक्रिया अपनाइसकेपछि तपाईंको फोनको मेसेन्जर एपमा भने कल आइरहन्छ । मेसेन्जर एपमा कसरी नोटिफिकेसन बन्द गर्ने बिधी आगामी दिनमा सिक्छाै ।
यसरी तपाईंले कोहीबाट आउने अनावश्यक कल अस्वीकार गरी कम्प्युटरमा आफ्नो काम सहजै गरिरहन सक्नुहुन्छ ।
Recent Comments