थप स्पेस यसरी सजिलै पाउनु होस्
गुगलले आफ्ना प्रयोगकर्ता लागि १५ जीबीसम्म निःशुल्क क्लाउड स्टाेरेजकाे सुविधा दिने गरेकाे छ । यसमा जीमेल, गुगल फोटो, गुगल ड्राइभ लगायतका अन्य गुगल सेवा प्रयोग गरी फाइल सेभ गर्दा स्पेस खपत हुन्छ ।
नियमित रूपमा जीमेल, गुगल फोटो, गुगल ड्राइभचलाउने गुगल अकाउन्टमा स्टाेरेज स्वभाविक रूपमा स्पेस फुल हुन्छ । अर्थात् नियमित प्रयोगकर्ताको १५ जीबीको सीमित डेटा स्टोरेज भरिसकेका हुन्छ । त्यसपछि स्पेस निम्न तरिकाबाट थप स्टोरेज पाउन सकिन्छ ।
यी तीन तरिकाबाट गुगल ड्राइभमा थप खाली स्पेस पाउन सकिन्छ ।
- अनावश्यक फाइलहरू डिलिट गर्ने
- अर्को गुगल एकाउन्टमा फाइलहरू सार्ने
- पैसा तिरेर स्टोरेज बढाउने
अनावश्यक फाइलहरू डिलिट गर्ने
सर्व प्रथम गुगल ड्राइभबाट अनावश्यक फाइलहरू डिलिट गर्ने, त्यस्तै जीमेलबाट अनावश्यक मेलहरू डिलिट गर्ने साथै गुगल फोटोबाट पनि अनावश्यक फाइलहरू डिलिट गर्ने । यसरी केही स्पेस खाली गर्न सकिन्छ।
अर्को गुगल एकाउन्टमा फाइलहरू सार्ने
यदि पहिलो उपायबाट पर्याप्त स्पेस खाली भएन भने दोश्रो उपाय भनेको अर्को वा नयाँ गुगल एकाउन्टमा केही फाइलहरू तथा पुराना मेलहरू सारेर पनि आफ्नो गुगल एकाउन्टमा स्पेस बढाउन सकिन्छ। निम्न तरिकाहरूबाट एक गुगल एकाउन्टमा भएका फाइलहरू तथा मेल अर्को वा नयाँ गुगल एकाउन्टमा सार्न सकिन्छ । तर एउटा एकाउन्टमा भएका फाइल अर्को फाइलमा सार्दा चनाखो हुनु पर्छ, नत्र महत्वपूर्ण सामग्री डिलिट भएर जाने डर हुन्छ ।
प्रथम तरिकाः फाइलहरू डाउनलोड गरी नयाँ एकाउन्टमा अपलोड गरी फाइल सार्ने
यो तरिकामा पुरानो एकाउन्टमा एक नयाँ फोल्डर बनाइ उक्त फोल्डरमा नयाँ एकाउन्टमा सार्नु पर्ने फाइलहरू तथा फोल्डरहरू सार्ने । अनि उक्त फोल्डरलाई डाउनलोड गरी अनजिप गरी नयाँ एकाउन्टमा अपलोड गर्ने ।
- सबभन्दा पहिले गुगल ड्राइभमा जाने, यदि साइन इन भएको छैन भने साइन इन गर्ने
- एक नयाँ फोल्डर बनाउने र रि–नेम Backup गर्ने अर्को अकाउन्टमा सार्न चाहेको फाइल / फोल्डरहरु सेलेक्ट गर्दै उक्त Backup फोल्डरमा Move गर्ने
- सबै फाइल Move गरी सकेपछि उक्त Backup फोल्डरलाई डाउनलोड गर्ने
- डाउनलोड भएका फाइलहरू zip format मा तपाईको कम्पुटर वा ल्यापटपमा सेभ हुन्छ ।
- उक्त zip फाइल unzip गर्ने
- अब नयाँ एकाउन्टको गुगल ड्राइभ खोल्ने ।
- Unzip भएका सबै फाइल तथा फोल्डरहरूलाई नयाँ एकाउन्टको गुगल ड्राइभमा अपलोड गर्ने
- अपलोड भएका फाइलहरू चेक गर्ने र सबै ठीक छ भने पुरानो एकाउन्टबाट Backup फोल्डरलाई हटाउने (trash बाट पनि)
- यसरी सजिलै गुगल एकाउन्टमा स्पेस बढाउन सकिन्छ ।
दाश्रो तरिकाः फाइलहरू शेयर गरी फाइल सार्ने
यस तरिकामा गुगल ड्राइभमा भएका फाइलहरूको ownership नयाँ एकाउन्टमा सार्ने । यो तरिकामा सारिएको फाइलको पहुँच पुरानो एकाउन्टमा पनि हुन्छ, जसले गर्दा यो तरिका पहिलो भन्दा उत्तम छ ।
- सबभन्दा पहिले गुगल ड्राइभमा जाने, यदि साइन इन भएको छैन भने साइन इन गर्ने
- अर्को अकाउन्टमा सार्न चाहेको फाइल / फोल्डर सेलेक्ट गरी share गर्ने [shortcut key . (period)]
- Share with मा नयाँ एकाउन्ट राखी ok बटन क्लिक गर्ने
- फेरी उक्त फाइल / फोल्डर सेलेक्ट गरी share dialog window खोल्ने र यस पालि नयाँ एकाउन्टको दायाँतिर Editor बाट Make Owner select गरी ok बटन क्लिक गर्ने
- अब फाइल / फोल्डर नयाँ एकाउन्टमा move भैसकेको हुन्छ र स्पेस पनि बढी सकेको हुन्छ । चेक गर्न पेज refresh गर्ने ।
- पुरानो एकाउन्टमा share with me मा उक्त फाइल / फोल्डर देखिन्छ, जसबाट फाइल access गर्न सकिन्छ
- यसरी सजिलै गुगल एकाउन्टमा स्पेस बढाउन सकिन्छ ।
गुगलबाट सशुल्क स्पेस किन्ने
- माथी उल्लेखित तरिकाबाट आफूलाई आवश्यक स्पेसले पुगेन वा एउटै एकाउन्टमा नै थप स्पेस चाहिएको खण्डमा गुगलबाट सशुल्क स्पेस किन्न सकिन्छ । यसको लागि अन्तर्राष्ट्रिय कार्डको आवश्यकता पर्दछ ।
- सबभन्दा पहिले गुगल ड्राइभमा जाने, यदि साइन इन भएको छैन भने साइन इन गर्ने
- गुगल ड्राइभ Windows को बाँयातिर तल Buy Storage भन्ने बटनमा क्लिक गर्ने
- त्यस पछि Google One को Windows खुल्छ, यहाबाट आफूलाई आवश्यक स्पेस किन्न सकिन्छ । जस्तैः 100GB, 200GB, 2TB, 5TB, 10TB, 20TB, 30TB
- साथै मासिक वा वार्षिक भुक्तानीको विकल्प पनि रहेको छ ।
- आफूलाई आवश्यक स्पेस किन्न सोही अनुसारको बटनमा क्लिक गर्ने र अनि खुलेको फर्ममा सबै बिवरण (अन्तर्राष्ट्रिय डेबिट वा क्रेडिट कार्डको बिवरण सहित) भरी फर्म सब्मिट गर्ने ।
- यसरी कारोबार पूर्ण भएको केहि समय पछि तपाईको गुगल एकाउन्टमा स्पेस बढेको देखिन्छ ।
Recent Comments